काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
सडक सञ्चालनमा ल्याउने कार्यअन्तर्गत परीक्षणका रूपमा काठमाडौं–चितवनतर्फ एउटा बुलेटसहित करिब २० वटा सवारीसाधन पास गराइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, चितवन–काठमाडौंतर्फबाट एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पास गराइएको छ । सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ ।

