गुडिरहेको इभी कारमा आगलागी, चालकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो ।

गुडिरहेको इभी कारमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।