पर्वतको करिडोरमा सवारी आवागमन निषेध, तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध

पहिरोले खोला थुनिएका कारण तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जानका लागि प्राधिकरणले अनुरोध गरेको छ ।

पर्वतको करिडोरमा सवारी आवागमन निषेध, तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध

पर्वत। पर्वतको किम्रुङ खोला पहिरोले थुनिएको छ । मोदी खोलाको शाखा खोला रहेको किम्रुङ पहिरोका कारण थुनिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

पहिरोले खोला थुनिएका कारण तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जानका लागि प्राधिकरणले अनुरोध गरेको छ ।

काली गण्डकी दोभानसम्मको तल्लो क्षेत्र नयाँपुल, बिरेठाँटी र आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान प्राधिकरणले भनेको हो । मोदी नदी करिडोरमा आवागमन नगर्न पनि प्राधिकरणले सूचित गरेको छ ।