बाढीपीडितका लागि ओशो तपोवनको १५ लाख ५१ हजार सहयोग

तपोवनमा गरिने उक्त प्रार्थनामा विश्वकल्याणसँगै नेपालमा आएको बाढीबाट प्रभावित तथा पीडित नेपालीहरूको शान्ति, सुरक्षा र कल्याणका लागि समेत प्रार्थना गरिने स्वामी आनन्द अरुणले बताएका छन्।

बाढीपीडितका लागि ओशो तपोवनको १५ लाख ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्‍याउन ओशो तपोवनले प्रधानमन्त्री राहत कोषमा १५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

बोधिसत्व स्वामी आनन्द अरुणसहित ओशो तपोवनका संन्यासीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै उक्त रकम हस्तान्तरण गरेका हुन्।

बाढीका कारण घर, जीविकोपार्जन तथा आफन्त गुमाएका परिवारप्रति सहानुभूति व्यक्त गर्दै तपोवनले विपद्का बेला करुणालाई प्रार्थनामा मात्र सीमित नराखी व्यवहारिक सहयोगमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएको छ।

तपोवनले राहत तथा पुनःस्थापनाका लागि गरिएको सहयोगलाई साझा मानवीय जिम्मेवारीको अभिव्यक्ति भन्दै यसबाट विपद् प्रभावितलाई केही राहत पुग्नुका साथै देशको पुनर्निर्माण तथा पुनःस्थापनाको यात्रामा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

तपोवनमा गरिने उक्त प्रार्थनामा विश्वकल्याणसँगै नेपालमा आएको बाढीबाट प्रभावित तथा पीडित नेपालीहरूको शान्ति, सुरक्षा र कल्याणका लागि समेत प्रार्थना गरिने स्वामी आनन्द अरुणले बताएका छन्।

उनले विपद्का बेला पीडितप्रति सहानुभूति र करुणालाई प्रार्थनासँगै व्यवहारिक सहयोगमा जोड्न आवश्यक रहेको बताए।