जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन भइरहँदा युवतीले लगाइन् शरीरमा आगो, वीरमा उपचार हुँदै

गोरखा घर भई काठमाडौँ बस्ने ३० वर्षकी लक्ष्मीदेवी बस्नेतले मंगलबार साँझ साढे ६ बजेतिर प्रज्वलनशील वस्तु खन्याएर आफैलाई आगो लगाएकी थिइन्।

जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन भइरहँदा युवतीले लगाइन् शरीरमा आगो, वीरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी युवतीलाई वीर अस्पताल लगिएको छ।

गोरखा घर भई काठमाडौँ बस्ने ३० वर्षकी लक्ष्मीदेवी बस्नेतले मंगलबार साँझ साढे ६ बजेतिर प्रज्वलनशील वस्तु खन्याएर आफैलाई आगो लगाएकी थिइन्।

जेनजी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन भइरहँदा ती युवतीले भने आगो लगाएको देखेपछि तत्काल निभाएर प्रहरीले अस्पताल पुर्‍याएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए । ती युवती बोल्न नसकेकाले आगो लगाउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।