संयुक्त राष्ट्रसंघको महासभा : प्रधानमन्त्रीसहित १५ जना को–को जाँदैछन् ?

परराष्ट्रमन्त्री खनाल, सचिव राई तथा महाशाखा प्रमुख राईसहितको टोली २० सेप्टेम्बरमा न्यूयोर्क प्रस्थान गर्ने छ । परराष्ट्रमन्त्री खनाल महासभामा हुने विभिन्न साइडलाइन मिटिङहरूमा सहभागी हुनेछन् ।

संयुक्त राष्ट्रसंघको महासभा : प्रधानमन्त्रीसहित १५ जना को–को जाँदैछन्  ?

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलगायतको टोली सहभागी हुने प्रधानमन्त्री कार्यालय जानकारी दियो ।

सो टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल, मन्त्रालयका दुई उपसचिव र एक शाखा अधिकृत पनि जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री कार्यालयका प्रमुख सल्लाहकार बेनका अतिरिक्त प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदिप परियार तथा प्रधानमन्त्रीको मिडिया टिममा रहेका एक स्वकीय उपसचिव पनि जाँदै छन् ।

त्यस्तै, प्रधानमन्त्रीको सुरक्षा टोलीमा रहेका नेपाली सेनाका दुई सैनिक अधिकारीहरू तथा एकजना नेपाल प्रहरीका अधिकृत पनि भ्रमण टोलीमा सहभागी हुने स्रोतले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री खनाल, सचिव राई तथा महाशाखा प्रमुख राईसहितको टोली २० सेप्टेम्बरमा न्यूयोर्क प्रस्थान गर्ने छ । परराष्ट्रमन्त्री खनाल महासभामा हुने विभिन्न साइडलाइन मिटिङहरूमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाह भने २३ सेप्टेम्बरमा नेपालबाट प्रस्थान गर्नेछन् भने २४ सेप्टेम्बरमा महासभामा सम्बोधन गर्ने छन् । २४ सेप्टेम्बरका दिन दिउँसो ३ बजेदेखि राती ९ बजेसम्मको अवधिमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालई सम्बोधन गर्ने स्रोतले जानकारी दिएको छ ।