काठमाडौं । भाखा नाघेको ३० दिनभित्र ऋणीले साँवाब्याज भुक्तानी गरे बैंक तथा वित्तीय संस्थाले पेनाल (हर्जाना) ब्याज लिन नपाउने भएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरिएको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले शुक्रबार निर्देशन दिएको हो ।
यो व्यवस्था ०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवाब्याजमा मात्र लागू हुनेछ । यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवाब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित सर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन यो व्यवस्थाले छुट दिएको छ ।
यस्तै, साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकका लागि बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुलउपर गरी पुनर्तालिकीकरण तथा पुनःसंरचना गर्ने सुविधा पनि दिइएको छ । यसका लागि केही सर्त भने तोकिएको छ ।
पुनर्तालिकीकरण वा पुनःसंरचना २०८० असार मसान्तभित्र गरिसक्नुपर्नेछ । त्यस्तै यसरी पुनर्तालिकीकरण वा पुनःसंरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ । पुनर्तालिकीकरण वा पुनःसंरचना गरिएका कर्जालाई असल वर्गमा वर्गीकरण गरी बैंक तथा वित्तीय संस्थाले १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
भाका नाघेको ३० दिनभित्र ऋणीले साँवाब्याज भुक्तानी गरे हर्जना र ब्याज तिर्नुनपर्ने