बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो २ बजे ढोरपाटन नगरपालिका-६ चामिदवारमा ध १ त ५११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानमा बस्ने वर्ष १३ का लक्ष्मण वि.क को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।
घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टरको ठक्करबाट ढोरपाटनमा बालकको मृत्यु
जिल्लाको ढोरपाटन नगरपालिकामा ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।

