त्रिशूली बेत्रावती बजारबाट एक महिलाको जीवितै उद्धार

सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार नुवाकोटतर्फ आनन्द श्रेष्ठको घरबाट ६० वर्षीया चण्डीका श्रेष्ठको जीवितै उद्धार गरिएको हो ।

त्रिशूली बेत्रावती बजारबाट एक महिलाको जीवितै उद्धार

काठमाडौं । त्रिशूली बेत्रावती बजारमा रहेको एक घरबाट एकजना महिलाको जीवितै उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीले एक जना महिलाको जीवितै उद्धार गरेको जनाएको छ । उनी अर्धचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार नुवाकोटतर्फ आनन्द श्रेष्ठको घरबाट ६० वर्षीया चण्डीका श्रेष्ठको जीवितै उद्धार गरिएको हो ।

उनलाई अहिले हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइँदैछ ।