दार्चुलामा पहिरो, चमेलिया नदी थुनियो

प्रजिअ पौडेलले ठूलो जोखिम नभए पनि सतर्क हुनुपर्ने बताए। सोही अनुसार तटीय क्षेत्रमा पर्ने स्थानीय तहलाई जानकारी गराइएको उनले बताए।

दार्चुलामा पहिरो, चमेलिया नदी थुनियो

काठमाडौं । दार्चुलामा पहिरोका कारण चमेलिया नदी आंशिक थुनिएको छ।

शुक्रबार दिउँसो अपिहिमाल गाउँपालिका १ भट्टारमा पहिरो खस्दा चमेलिया नदी आंशिक रूपमा थुनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए।

उनका अनुसार ठूलै पहिरो खसे पनि नदी पूरै थुनिएको अवस्था होइन। अहिले केही भाग निकास भएको पनि छ । चमेलियालाई स्थानीयले चौलानी नदी भन्छन्।

प्रजिअ पौडेलले ठूलो जोखिम नभए पनि सतर्क हुनुपर्ने बताए। सोही अनुसार तटीय क्षेत्रमा पर्ने स्थानीय तहलाई जानकारी गराइएको उनले बताए।

पहिरो गएको ठाउँ भन्दा तलतिर अपि हिमालसहित, मार्मा र शैल्य शिखर नगरपालिका र लेकम गाउँपालिका पर्छ। ती सबैलाई सतर्क गराइएको प्रजिअ पौडेलले बताए।

प्रमुख जिल्ला अधिकारीले सूचना नै जारी गरी पहिरोले नदी पूरै थुनिन सक्ने सम्भावना पनि भएकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन्।