काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा एक जनाको जीवितै उद्धार गरिएको छ ।
नौ दिनदेखि जारी उद्धारका क्रममा शुक्रबार उद्धारकर्मी र सुरुङभित्र फसेका सञ्जय शाहको जीवितै उद्धार गरिएको हो ।

