प्रभु बैंकका ग्राहक र कर्मचारीलाई भारतको मेदान्ता अस्पतालमा १५ प्रतिशत छुट

यस सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहकले मेदान्ता अस्पतालको स्वास्थ्य सेवामा १५ प्रतिशत छुट पाउनेछन्।

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई भारतको मेदान्ता अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता–द मेडिसिटी अस्पतालबीच बैंकका ग्राहक तथा कर्मचारीलाई उपचारमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहकले मेदान्ता अस्पतालको स्वास्थ्य सेवामा १५ प्रतिशत छुट पाउनेछन्। बैंकका अनुसार बहिरङ्ग सेवा अन्तर्गत डाक्टरको परामर्श, ल्याबोरेटरी र रेडियोलोजी जाँचमा उक्त छुट उपलब्ध हुनेछ। त्यसैगरी, अन्तरङ्ग सेवा अन्तर्गत कोठा भाडा, ल्याबोरेटरी र रेडियोलोजी जाँचमा पनि अस्पतालको प्रचलित दरमा १५ प्रतिशत नै छुट पाइनेछ।

सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका तर्फबाट कर्पोरेट साझेदारी प्रमुख सत्य चतुर्वेदी र प्रभु बैंकका तर्फबाट भारतका लागि कन्ट्री हेड सुनिल मिश्राले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। यो छुट सुविधा १५ अगस्ट २०२६ देखि सुरु भई १४ अगस्ट २०२८ सम्म दुई वर्षका लागि लागू हुनेछ।

‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ सेवा प्रदान गरिरहेको प्रभु बैंकले हाल नेपालभर ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको छ। स्वास्थ्य उपचारका लागि भारत जाने नेपालीहरूको सहजतालाई ध्यानमा राख्दै बैंकले यो सुबिधा ल्याएको हो।