झापाका सीडिओ गेलालले दिए राजीनामा

नेपाल सरकारको सहसचिव समेत रहेका गेलालले जागिरको ६ महिना अवधि बाँकी छँदै राजीनामा दिएका हुन् ।

झापाका सीडिओ गेलालले दिए राजीनामा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले राजीनामा पेश गरेका छन् ।

नेपाल सरकारको सहसचिव समेत रहेका गेलालले जागिरको ६ महिना अवधि बाँकी छँदै राजीनामा दिएका हुन् ।

‘भोलिको मितिदेखि लागू हुनेगरि स्वेच्छिक अवकाश रोजेर राजीनामा पेश गरेको हो,’ गेलालले भने, ‘अन्य कुनै पनि कारण होइन, घरायसी कारणले स्वेच्छिक अवकाश रोजेको हो ।’

राजीनामा पेस गरे पनि हालसम्म स्वीकृत नभएकाले बुधबार उनी सीडीओको रूपमै झापामा कार्यरत छन् ।