अमेरिकी संस्था सामारिटन्सले पठाएको ४० टन राहत सामग्री नेपाल आइपुग्यो

काठमाडौंस्थित अमेरिकी दूतावासले ती सामग्री नेपाल आइपुगेको जनाएको हो । राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सोलार लाइटहरू समावेश छन् ।

अमेरिकी संस्था सामारिटन्सले पठाएको ४० टन राहत सामग्री नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकी संस्था सामारिटन्स पर्सले नेपालका बाढीपीडितलाई पठाएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले ती सामग्री नेपाल आइपुगेको जनाएको हो । राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सोलार लाइटहरू समावेश छन् । भोटेकोसी बाढी प्रभावित क्षेत्रका दुई हजार ६०० परिवारलाई ती सामग्री उपलब्ध गराइने जनाइएको छ ।