आज प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची

आजै संसद्का दुई अन्य समितिको बैठक पनि बस्दै छ। बिहान ९:३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल हुने कार्यक्रम छ।

आज प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्‍याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार, सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नेछन् । विशेष प्रस्तावमा उल्लेख भएअनुसार, गत भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ ।

उक्त प्राकृतिक विपद्मा ठुलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको र धेरै बेपत्ता भएको घटनाप्रति सभाले शोक व्यक्त गर्नेछ। साथै, घरबारविहीन भएकाहरूको व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्ने कार्यसूची रहेको छ।

आजै संसद्का दुई अन्य समितिको बैठक पनि बस्दै छ। बिहान ९:३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल हुने कार्यक्रम छ।

यसैगरी, अपराह्न १२ः१५ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। उक्त बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ।