रवि लामिछाने र चिनिया राजदूतबीच भेटवार्ता

सभापति लामिछानेले नेपालको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।

रवि लामिछाने र चिनिया राजदूतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत माओ मिङबीच आज भेटवार्ता भएको छ ।

सभापति लामिछानेको बुढानीलण्ठस्थित निवासमा आज दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा राजदूत मिङ्ले भोटेकोशी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे ।

सो भेटमा चिनियाँ राजदूतले खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै चीन नेपालको साथमा रहेको बताउँदै नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी गराएको रास्वपा प्रवक्ता जगदीश खरेलले जनाएका छन् ।

विपद्लगत्तै उद्दारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने पनि उनले बताएका थिए । भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

सभापति लामिछानेले नेपालको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।