काठमाडौं । भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये १७ वटा शव भारतको उत्तर प्रदेशस्थित गण्डक नदीमा भेटिएका छन् ।
तीमध्ये १३ वटा शव कुशीनगर जिल्लाको खड्डा र तमकुहीराज तहसील क्षेत्रमा फेला परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ४ वटा शव महाराजगन्ज जिल्लाको निचलौल तहसीलबाट बरामद भएका हुन् ।
महाराजगन्जमा फेला परेका ४ वटा शवहरू सोमबार नै नेपाल प्रशासनलाई जिम्मा लगाइएको समाचारमा उल्लेख छ ।
शवहरूको पहिचान हुन नसकेपछि नियमअनुसार ७२ घण्टासम्म मोर्चरीमा राखिएको थियो र पोस्टमार्टमका क्रममा पछि पहिचानका लागि उनीहरूको डीएनए नमुनासमेत सङ्कलन गरिएको छ।

