काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग छलफल गरेका छन् । दिउँसो सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेका लामिछाने त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन् ।
प्रधानमन्त्री बालेनसँग लामिछानेले रसुवा बाढी पीडितहरूको राहत तथा उद्धारबारे सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए ।
राष्ट्रपति पौडेलसँगको छलफलमा बाढीपीडितको उद्धार तथा राहतबारे लामिछानेले ब्रिफिङ गरेको रास्वपाले जनाएको छ ।

