विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा शुल्क नलाग्ने

अब खाडी मुलुकका संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमानलगायतबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क नलाग्ने भएको छ ।

विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले यस्तो सुविधा उपलब्ध गराएको हो ।

कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै उक्त विशेष सुविधा ल्याएको हो ।

अब खाडी मुलुकका संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमानलगायतबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क नलाग्ने भएको छ ।

त्यसैगरी, एसिया–प्रशान्त क्षेत्रका जापान, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियाबाट पनि निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध हुनेछ ।

युरोपका बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्समा रहेका नेपालीले समेत यो सुविधाको लाभ लिन सक्नेछन् । ओसनिया क्षेत्रमा रहेको न्युजिल्यान्डबाट नेपाल पैसा पठाउँदा पनि सेवा शुल्क लाग्ने छैन ।

विश्वभर फैलिएका सिटी एक्सप्रेस तथा यसका अन्य अन्तर्राष्ट्रिय च्यानलमार्फत पनि यो निःशुल्क सुविधा लागू गरिएको छ । यसबाट विभिन्न मुलुकमा रहेका नेपालीले नेपालमा रहेका आफ्ना परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई आर्थिक सहयोग पठाउन सहज हुने अपेक्षा गरिएको छ ।