गोरखाको चुम क्षेत्रमा ठूलो पहिरो, बुढीगण्डकी थुनेको हल्ला मात्रै

छेकम्पार चौरी खर्क पारी ठूलो पहिरो गएर चुमबाट बग्ने बूढीगण्डकी थुनेको भन्ने हल्ला केहीबेर देखि सामाजिक सञ्जालमा फैलिइरहेको छ ।

गोरखाको चुम क्षेत्रमा ठूलो पहिरो, बुढीगण्डकी थुनेको हल्ला मात्रै

काठमाडौं । गोरखामा पहिरो गएर कालीगण्डकी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार चुम क्षेत्रमा पहिरो गएको सत्य भए पनि नदी थुनिएको छैन ।

करिब ३५०० मिटरको उचाईमा रहेको चुमनुव्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा पहिरो गएको शर्माले बताए । ‘पहिरो गएको हो, नदी थुनिएको हल्ला सत्य होइन’ शर्माले भने । पहिरोबारे थप जानकारी लिने काम भइरहेको पनि उनले बताए ।

छेकम्पार चौरी खर्क पारी ठूलो पहिरो गएर चुमबाट बग्ने बूढीगण्डकी थुनेको भन्ने हल्ला केहीबेर देखि सामाजिक सञ्जालमा फैलिइरहेको छ ।