प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट बनाउने पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की पक्राउ परेका हुन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट बनाउने पक्राउ

रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की पक्राउ परेका हुन्।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत संकलनका लागि नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउने गरी कार्कीले एआई को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनले उक्त नक्कली स्टेटमेन्टमा आफ्नो क्यूआर कोडसमेत राखी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। यसरी सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गरी ठगी गर्ने प्रयास गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।