काठमाडौैं । जसपा सांसद सहनाज रहमानको हृृदयघातका कारण मृत्यु भएको छ । जनता समाजवादी पार्टीको काठमाडौंमा बस्नेहरुलाई समेटेर बनाइएको भातृ संस्था गैर भौगोलिक एकाइले आयोजना गरेको पिकनिकमा भक्तपुर गएकी सांसद रहमान खाना खाए लगत्तै ढलेकी थिइन् ।
उनलाई तत्काल नयाँ ठिमीमा रहेको मध्यपुर अस्पताल पुर्याएको केही बेरमा चिकित्सकले मृत घोषण गरेको जसपा सांसद प्रदीप यादवले जानकारी दिए ।
उनका अनुसार पार्टीको गैर भौगोलिक एकाइले आयोजना गरेको पिकनिक कार्यक्रममा उनी गएकी थिइन् । पिकनिकको खाना खाइसकेपछि उनलाई असहज भएको थियो । सांसद यादवले सांसद रहमानका परिवारका सदस्यहरु पनि पिकनिकमा सँगै गएको जानकारी दिए ।
झापा घर भएकी सांसद रहमान जनता समाजवादी पार्टीको समानुपातिकतर्फको कोटामा सांसद निर्वाचित भएकी थिइन् ।
पिकनिक खाएर ढलेकी जसपा सांसदको मृत्यु
उनलाई तत्काल नयाँ ठिमीमा रहेको मध्यपुर अस्पताल पुर्याएको केही बेरमा चिकित्सकले मृत घोषण गरेको जसपा सांसद प्रदीप यादवले जानकारी दिए ।