बाढीमा बेपत्ता टिमुरे अध्यागमनका अधिकृत भण्डारीको शव भेटियो

काठमाडौं । भोटेकोशीमा आएको बाढीमा परेर रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यादव भण्डारीको निधन भएको पुष्टि भएको छ । गुल्मीबाट बसाइँसराइ गरी नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बस्दै आएका ३७ वर्षीय भण्डारी कर्तव्यनिष्ठ र कर्मठ कर्मचारीका रूपमा आफ्नो पहिचान बनाएका थिए । देवघाटमा भेटि

बाढीमा बेपत्ता टिमुरे अध्यागमनका अधिकृत भण्डारीको शव भेटियो

काठमाडौं । भोटेकोशीमा आएको बाढीमा परेर रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यादव भण्डारीको निधन भएको पुष्टि भएको छ ।

गुल्मीबाट बसाइँसराइ गरी नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बस्दै आएका ३७ वर्षीय भण्डारी कर्तव्यनिष्ठ र कर्मठ कर्मचारीका रूपमा आफ्नो पहिचान बनाएका थिए ।

देवघाटमा भेटिएको उनको शव पोखरा लगेपछि उनका दाजु चूडामणि भण्डारीले पहिचान गरेका हुन् । यसअघि उनले गुल्मीको सत्यवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेका थिए ।