काठमाडौं । भारतीय उद्धार टोली काठमाडौँस्थित भारतीय दूतावासमा आइपुगेको छ।
नेपाल सरकारको निर्देशनअनुसार टोली घटनास्थलतर्फ प्रस्थान गर्नेछ। नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले यो जानकारी दिएका हुन्।
यही भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीमा परेकाहरूको उद्धारमा मद्दत गर्न भारतीय उद्धार टोली नेपाल आएको हो।

