पृथ्वी राजमार्गको खुल्यो, काठमाडौंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर आज साँझदेखि बाटो सञ्चालन गरिएको हो ।

पृथ्वी राजमार्गको खुल्यो, काठमाडौंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर आज साँझदेखि बाटो सञ्चालन गरिएको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक खुलेसँगै राजमार्गमा अलपत्र सवारीसाधन सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिए । “रातभर लामो समयदेखि राजमार्गमा अड्किएका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ पठाइनेछ”, उनले भने ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले शनिबार बिहानदेखि मात्र काठमाडौँबाट सार्वजनिक सवारीसाधन उपत्यका बाहिर पठाइने जानकारी दिए । रातभर राजमार्गमा अड्किएका सवारीसाधनलाई गन्तव्यस्थलमा पठाएर भोलि बिहानदेखि मात्र सवारी सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।