काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै फाइनलमा पुगेका हुन् । तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् ।
पहिलो जजले ढाँटको पक्षमा २९ /२८ अंक दिएका थिए । दोस्रो जजले कासिबको पक्षमा २९/२८ अंक दिए ।
तेस्रो जजले ढाँटकै पक्षमा २९/२८ अंक दिएपछि ढाँट विजयी भएका हुन् । ढाँटले अब र्यो ताजिमासँग फाइनलमा खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजपत गर्दै फाईनल पुगेका थिए । फाइनल जितेमा उनी युएफसीका लागि छनोट हुनेछन् ।

