बेत्रावतीका असईको शव नारायणी नदीमा फेला

बाढीमा परेका बाँकेका २३ वर्षीय कविलाल चौधरीको पनि शव चितवनमा फेला परेको छ। उनको पनि सनाखत भएको प्रहरीले जानकारी दिएको छ।

बेत्रावतीका असईको शव नारायणी नदीमा फेला

काठमाडौं । प्रहरीचौकी बेत्रावतीका प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव नारायणी नदीमा फेला परेको छ। बुधबार रसुवास्थित भोटेकोसीमा आएको बाढीपछि पौडेल पनि बेपत्ता थिए।

नुवाकोट घर भएका पौडेलको सनाखत भएसँगै आफन्तले शव बुझेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार परिवारले शुक्रबार देवघाटमा उनको दाहसंस्कार गरेका छन्।

बेत्रावती प्रहरीचौकीमा १० जना कार्यरत थिए। ती मध्ये ९ जना बाढीआएपछि भाग्न सफल भएका थिए। तर पौडेल भने बेपत्ता थिए । रसुवाका अरु ५ वटा प्रहरी कार्यालयका २७ जना अझै बेपत्ता छन्।

बाढीमा परेका बाँकेका २३ वर्षीय कविलाल चौधरीको पनि शव चितवनमा फेला परेको छ। उनको पनि सनाखत भएको प्रहरीले जानकारी दिएको छ।

बाढीमा बेपत्ता मध्ये चितवनमा २२१ जनाको शव फेला परेको छ। तर उनीहरुको सनाखत हुन सकेको छैन। अधिकांस शव चिन्नै नसकिने अवस्थामा छन्।

बाढीमा परी मृत्यु हुनेको संख्या ५४७ पुगेको छ। अझै सयौँ सम्पर्कबिहिन छन्। उनीहरुको खोजतलास भइरहेको छ।