थुनिएको तालबाट पानीको बहाव रोकिएपछि चीनमा उद्धार कार्य पुनः सुरु

यसअघि नेपाल प्रहरीले तिब्बततर्फको ड्याम फुटेको भन्दै चेतावनी जारी गरेको थियो । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार ताल पूर्ण रूपमा भरिएपछि पानी बाँधमाथिबाट बग्न थालेको थियो ।

थुनिएको तालबाट पानीको बहाव रोकिएपछि चीनमा उद्धार कार्य पुनः सुरु

सीएनएन । नेपाल–चीन सीमावर्ती क्षेत्र केरुङमा पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी ताल भरिएर भएको ओभरफ्लो रोकिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।

पानीको बहाव रोकिएसँगै जोखिम केही कम भएको मूल्यांकन गर्दै चिनियाँ अधिकारीहरूले यसअघि स्थगित गरिएको खोज तथा उद्धार कार्य पुनः सुरु गरेको बताएका छन् ।

यसअघि नेपाल प्रहरीले तिब्बततर्फको ड्याम फुटेको भन्दै चेतावनी जारी गरेको थियो । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार ताल पूर्ण रूपमा भरिएपछि पानी बाँधमाथिबाट बग्न थालेको थियो ।

बाढीको उच्च जोखिमका कारण केही घण्टाअघि मात्रै स्थगित गरिएको खोज तथा उद्धार कार्य पुनः सुरु गरिएको छ ।

तालको अवस्था र पानीको सतहलाई २४सै घण्टा सूक्ष्म रूपमा निगरानी गर्न चिनियाँ राष्ट्रिय टेलिभिजन तथा आपत्कालीन उद्धार टोलीले सो क्षेत्रमा विशेष क्यामेरा उपकरण जडान गर्न थालेका छन् ।