यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

सरकारले बाढी प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाहरूलाई राहत तथा पुनर्स्थापना प्याकोज बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ ।

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

काठमाडौं । सरकारले बाढी प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाहरूलाई राहत तथा पुनर्स्थापना प्याकोज बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले भोटेकोसी बाढीबाट प्रभावित जिल्लाका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा रिकोभरी प्याकेज (बिजनेस रिकोभरी प्याकेज) बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनाकारी दिए ।

मन्त्रिपरिषद्का निर्णयहरू

-२०८३ भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने ।

-भारत सरकारसँग जीटूजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

-२०८३ भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यूलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलबरपारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने ।-