सुवास नेम्बाङलाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने एमालेकाे निर्णय

शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको योगेश भट्टराई जानकारी दिए ।

सुवास नेम्बाङलाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने एमालेकाे निर्णय
काठमाडौं । नेकपा एमालले राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई उठाउने भएको छ । शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको योगेश भट्टराई जानकारी दिए । यता आठ दलीय गठबन्धनले कांगेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएका छन् । पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कार्यसम्पादन समितिको बैठकले गरेको हो।