काठमाडौं । भोटेकोशीमा आएको बाढीमा परी ९ जनाको मृत्यु भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभा बैठकमा हालसम्म ९ जनाको शव फेला परेको र पहिचान हुन बाँकी रहेको जानकारी दिए ।
प्रहरी चौकीमा कार्यरत २६ प्रहरी, सशस्त्र प्रहरीतर्फ ९ जना सम्पर्कविहीन रहेको बताए । नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोष्ट गरी ४४ जना सम्पर्कविहीन रहेको जानकारी दिए ।
रसुवागढी भन्सार, अध्यागन कार्यालयका केही कर्मचारी सम्पर्कविहीन रहेको जानकारी दिए । प्रभावित क्षेत्रका केही नागरिक सम्पर्कबाहिर रहेको जानकारी गराए ।
९ जनाको शव फेला परेको र सनाखत हुन बाँकी रहेको जानकारी दिए । सरकारी तथा निजी भवनमा ठूलो क्षति भएको जानकारी गराए ।

