काठमाडौं । राष्ट्रपतिको उम्मेदवार छान्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । बिहान साढे ८ बजेका लागि बैठक बोलाइको भए पनि नेताहरू ढिलो आएपछि भर्खर शुरु भएको हो ।
सभापति शेरबहादुर देउवासहित नेताहरू आएपछि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार बिहान चहलपहल देखिएको छ।
पुस १० गते सात दल मिलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो ।
त्यसयता कांग्रेस सभापति देउवा पार्टी कार्यालयमा आएका थिएनन्। अरू पदाधिकारीको बैठक सानेपामा हुने गरेको भए पनि देउवा भने अनुपस्थित हुने गरेका थिए।
मंसिर ४ मा भएको चुनावबारेको समीक्षा बैठक पनि देउवाले टारेका थिए। यसबीचमा उनी महत्वपूर्ण बैठक धुम्बाराहीस्थित निजी निवासबाट सञ्चालन गर्थे। पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठक देउवाले तीन पटक स्थगित गरेका थिए।
राष्ट्रपतिमा अरू सात दलले पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि देउवा पार्टी कार्यालय फर्किएका हुन्। आज बस्ने बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्नेछ।
राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस बैठक शुरु
त्यसयता कांग्रेस सभापति देउवा पार्टी कार्यालयमा आएका थिएनन्। अरू पदाधिकारीको बैठक सानेपामा हुने गरेको भए पनि देउवा भने अनुपस्थित हुने गरेका थिए।

