काठमाडौं । बुधबार बिहान भोटेकोसीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति गरेको छ।
भोटेकोसीमा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारीले जानकारी दिए।
‘दुईवटा बजार तहसनहस भएको छ,’ अधिकारीले भने, ‘टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको छ। रसुवा भन्सार क्षेत्रमा ठूलो सङ्ख्यामा गाडीहरू र अन्य सामग्रीहरू थिए। ती सबै बाढीमा बगेका छन्।’
अधिकारीले बाढीले बजार र भन्सार पुरै बगाएको बताए। गत वर्षको बाढीले बगेपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ।

