काठमाडौं । नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् ।
रसुवामा बुधबार बिहान आएको आकस्मिक बाढीले टिमुरे बजारमा ठुलो क्षति पुर्याएको छ । बिहान करिब ९ बजे आएको आकस्मिक बाढीले टिमुरे बजारका बस्तीमा ठुलो क्षति पुगेको प्रहरीले जानकारी दिएको हो ।

