मुस्लिम धर्मालम्बीका लागि आज सार्वजनिक बिदा

मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो।

मुस्लिम धर्मालम्बीका लागि आज सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारले मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मालम्बीका लागि सार्वजनिक बिदा दिएको छ।

मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उनी साउदी अरबको मदिनामा गए। उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो। अहिले हिजरी संवत् १४४८ चलिरहेको छ।

यस अवसरमा आज र्‍याली, सभालगायत कार्यक्रम गरिँदैछ। नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम हुँदैछन्।