काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा डिउटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत छन् ।
मंगलबार ९भदौ ९० बिहान बानेश्वर क्षेत्रमा डिउटीमा खटिएकी महिला प्रहरी जवानले कठायतलाई जथाभावी रूपमा सडक पार नगर्न आग्रह गरेकी थिइन् । त्यसपछि उनी प्रहरीमाथि नै जाइलागेका थिए । प्रहरीले उनलाई बानेश्वरबाट नै पक्राउ गरेको हो ।
राजमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।

