जेनजी आन्दोलनमा हिरासतबाट भागेका युवक ६१ वर्षीया वृद्धा बलात्कार कसुरमा पक्राउ

प्रहरी हिरासतबाट भागेका फरार अभियुक्त पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ

जेनजी आन्दोलनमा हिरासतबाट भागेका युवक ६१ वर्षीया वृद्धा बलात्कार कसुरमा पक्राउ

रामेछाप । गत वर्ष जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका फरार अभियुक्त पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भदौ २ गते ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त प्रेम बिसुङ्खेलाई भदौ ३ गते दिउँसो रामेछाप नगरपालिका वडा नं ४, तिलबारीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने क्रममा बिसुङ्खे यसअघि २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका बखत चोरी मुद्दाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासत कक्षबाट भागी फरार भएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।