काठमाडौं । नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा भएका छन्।
सहायक रथी द्रव्यराम भण्डारी र रन्जित थापा उपरथीमा बढुवा भएका हुन्। भदौ ५ गतेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
उनीहरूलाई सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
यस्तै प्रमुख सेनानीबाट चार जना महासेनानीमा बढुवा भएका छन्। उनीहरूलाई पनि सोमबार नै दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

