काठमाडौं । सरकारले विभिन्न निकायमा कार्यरत २७ जना सह(सचिवको सरुवा गरेको छ।
भदौ ३ मा बसेको मन्त्रिपरिषद् बैठकले सह-सचिवलाई सरुवा गर्ने निर्णय गरेको हो। त्यसका आधारमा सरकारले २७ सहसचिवलाई विभिन्न स्थानमा खटाएको छ।
यससँगै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत चार जना सहसचिवको पनि सरुवा गरेको छ।



