ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी

स्थानीय र प्रहरीको सहयोगमा ३ बजे ४५ मिनेटमा आगो पूर्ण नियन्त्रणमा आएको खड्काको भनाइ छ।

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी

फाइल तस्बिर

काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागी भएको छ। राति १ बजेको समयमा ताजाँकोट गाउँपालिका कार्यालय आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको डीएसपी शंकर खडकाले बताए । गाउँपालिकाको भवनको लेखा शाखाको स्टोरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सक्ने डीएसपी खडकाले बताए।

स्थानीय र प्रहरीको सहयोगमा ३ बजे ४५ मिनेटमा आगो पूर्ण नियन्त्रणमा आएको खडकाको भनाइ छ।

आगलागीबाट ४ थान काठको र्‍याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।