बलात्कारपछि हत्या गरिएकी बालिकाको बुबा-आमा वार्ताका लागि काठमाडौं आउँदै

प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया बालिका साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो ।

बलात्कारपछि हत्या गरिएकी बालिकाको बुबा-आमा वार्ताका लागि काठमाडौं आउँदै

काठमाडौं । बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाको न्यायको माग उनका आमा र बुबा काठमाडौं प्रस्थान गर्न लागेका छन्। गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न मृतक बालिकाकी आमा मनमती चौधरी र बुवा मनोज चौधरी अहिले सिमरा विमानस्थलबाट काठमाडौं जान लागेका हुन् ।

वार्ता गर्न सात जनाको टोली काठमाडौं जान लागेको हो। बालिकाको बलात्कार तथा हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मी लगायत विभिन्न संघसंस्थाहरूले बारा र काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्।

प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया बालिका साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो ।