एकैपटक ६१ जना सहसचिवको सरुवा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव श्‍यामप्रसाद भण्डारी प्रदेश १ को आर्थिक तथा योजना मन्त्रालयमा सरुवा भएका छन् । अख्तियारमा भने बद्री बहादुर कार्की पठाइएका छन् ।

एकैपटक ६१ जना सहसचिवको सरुवा
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ६१ जना सहसचिवको सरुवाको निर्णय गरेका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव श्‍यामप्रसाद भण्डारी प्रदेश १ को आर्थिक तथा योजना मन्त्रालयमा सरुवा भएका छन् । अख्तियारमा भने बद्री बहादुर कार्की पठाइएका छन् । यस्तै प्रदेश १ मा आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सहसचिव शिवकुमार कार्कीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरूवा गरिएको छ ।