पोखराबाट पनि प्रधानमन्त्री बालेन गाडीमै लागे मुस्ताङ

राति पोखरास्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका उनी आफ्नो टोलीसहित सरकारी गाडीमा मुस्ताङ भ्रमणमा निस्किएका हुन्।

पोखराबाट पनि प्रधानमन्त्री बालेन गाडीमै लागे मुस्ताङ

पाेखरा। शुक्रबार पोखरामा बास बसेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) त्यहाँबाट आज शनिबार बिहान गाडीमै मुस्ताङ प्रस्थान गरेका छन्।

राति पोखरास्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका उनी आफ्नो टोलीसहित सरकारी गाडीमा मुस्ताङ भ्रमणमा निस्किएका हुन्।

भ्रमण टोलीमा पर्यटनमन्त्री खड्गराज पौडेल गनेसपनि छन्। उनी बालेनलाई साथ दिन हिजो साँझ रिसोर्टमा आएका थिए। प्रधानमन्त्री बालेन शुक्रबार काठमाडौँबाट चढेको सरकारी गाडीमै मुस्ताङ भ्रमणका लागि गएका हुन्।

यसअघि पोखराबाट चाहिँ उनी सेनाको हेलिकप्टरमा मुस्ताङ जाने कुरा थियो। तर आज बिहान उनी गाडीमै त्यसतर्फ लागेका हुन्।