काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले छापा मारेको छ । बिहीबार अपरान्ह काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले भक्तपुरस्थित निकोसेरामा रहेको प्रसाईंको घरमा खानतलासी गरेको हो ।
केही दिनदेखि काठमाडौंमा लघुवित्त पीडितहरूले गरेको आन्दोलनलाई प्रसाईंले नै उक्साएको आरोप लाग्दै आएको छ ।
प्रसाईंले आन्दोलनको लागि थप तयारी गरिरहेको सूचना पाएपछि आकस्मिक छापा मारिएको अनुसन्धान कार्यालयका एक अधिकृतले बताए । केही दिनदेखि लघुवित्त पीडितहरू पुलचोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्नामा छन् ।

