बागलुङको धम्जामा ढोरपाटनका युवाको चक्कु प्रहारबाट हत्या

उनलाई मजदुरीका क्रममासँगै आएका साथी ढोरपाटन नगरपालिका–५ का २५ वर्षका अर्जुन घर्तीले आपसी विवादका क्रममा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी रामेश्वर त्वातिले जानकारी दिए ।

बागलुङको धम्जामा ढोरपाटनका युवाको चक्कु प्रहारबाट हत्या
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर युवाका हत्या भएको छ । धम्जा माझकटेरामा श्रमीकका रूपमा आई बसोबास गरेका ढोरपाटन नगरपालिका ७ का ४० वर्षीय अशोक खत्रीको हत्या भएको हो । उनलाई मजदुरीका क्रममासँगै आएका साथी ढोरपाटन नगरपालिका–५ का २५ वर्षका अर्जुन घर्तीले आपसी विवादका क्रममा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी रामेश्वर त्वातिले जानकारी दिए । खत्रीको घटनास्थलमै मृत्यु भएको हो । उक्त युवाहरु स्थानीय निर्मल आधारभूत विद्यालयमा भवन निर्माणमा कार्यरत रहेका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको र हत्यामा संलग्न अर्जुन घर्तीलाई पक्राउ गरेको छ ।