चारदलीय गठबन्धनमा उपराष्ट्रपति दावी गर्ने जसपा एक्लो

चारदलीय गठबन्धनमा उपराष्ट्रपति दावी गर्ने जनता समाजवादी पार्टी (जसपा) एक्लो भएको छ।

चारदलीय गठबन्धनमा उपराष्ट्रपति दावी गर्ने जसपा एक्लो
काठमाडौं । चारदलीय गठबन्धनमा उपराष्ट्रपति दावी गर्ने जनता समाजवादी पार्टी (जसपा) एक्लो भएको छ। शुक्रबार बिहान राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति जुटाउन बसेको चार दलको बैठकमा जसपाले मात्रै दावी पेस गरेको हो। अन्य तीनमध्ये दुई पार्टी नेपाली कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपति पदमै दावी गरेका छन्। माओवादी केन्द्रबाट प्रधानमन्त्री रहेकाले दुवै पदमा कुनै दावी नपरेको बैठकमा उपस्थित एक नेताले बताए। बिहीबार साँझ बसेको माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी पार्टीको बैठकमा जसपाले आफ्नो तर्फबाट उपराष्ट्रपतिको दावी रहेको बताएको थियो। दुई पार्टीले त्यहीँ सहमति जनाएका थिए। राष्ट्रपतिमा दावी गरिरहेको कांग्रेसले उक्त पदमा रुचि नदेखाएको ती नेताले बताए।