सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग

न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग धरौटी माग गर्ने आदेश दिएको हो । गोल्छा यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए ।

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो । न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग धरौटी माग गर्ने आदेश दिएको हो । गोल्छा यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए ।