सांकेतिक तस्बिर
बागलुङ । बागलुङको वडिगाड गाउँपालिकामा १७ वर्षीया अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडिगाड गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षीय होमे प्रतेल रहेका छन्।
प्रहरीका अनुसार गत साउन २१ गते दिउँसोको समयमा वडिगाड गाउँपालिका–१ स्थित स्थानमा प्रतेलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो।
जाहेरी परेलगत्तै खटिएको प्रहरी टोलीले आरोपी प्रतेललाई साउन २२ गते पक्राउ गरेको हो। घटनाका विषयमा जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
बागलुङको बडिगाडमा अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
प्रहरीका अनुसार गत साउन २१ गते दिउँसोको समयमा वडिगाड गाउँपालिका–१ स्थित स्थानमा प्रतेलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो।