काठमाडौं । आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डकोमा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार बिहान ७ः०५ बजे पहिरो खसेपछि सडक ठप्प भएको हो।
अहिले सडक डिभिजनका उपकरणहरू पहिरो हटाउने कार्यमा परिचालन भइसकेका छन्। पहिरो पन्छाएर सडक आवागमन पूर्णरूपमा सञ्चालनमा आउन करिब १ घण्टा लाग्ने अनुमान गरिएको छ।
मुग्लिन–नारायणगढ सडकमा पहिरोः दुईतर्फी आवागमन अवरुद्ध
अहिले सडक डिभिजनका उपकरणहरू पहिरो हटाउने कार्यमा परिचालन भइसकेका छन्। पहिरो पन्छाएर सडक आवागमन पूर्णरूपमा सञ्चालनमा आउन करिब १ घण्टा लाग्ने अनुमान गरिएको छ।