सेनालाई हप्कीदप्की गरेका राजु पाण्डेलाई प्रधानमन्त्रीले गराए सचेत

मंगलबार पाण्डेलाई सिंहदरबार बोलाएर सचेत पारिएको प्रधानमन्त्री शाहनिकट स्रोतले जानकारी दिएको छ । पाण्डेले सेनाका अधिकृतलाई हप्कीदप्की गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनाबारे नेपाली सेनाले गम्भीर चासो राख्दै आपत्ति जनाएको थियो ।

सेनालाई हप्कीदप्की गरेका राजु पाण्डेलाई प्रधानमन्त्रीले गराए सचेत
काठमाडौं । नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गरेका सत्तारुढ रास्वपाका सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सचेत गराएका छन् । मंगलबार पाण्डेलाई सिंहदरबार बोलाएर सचेत पारिएको प्रधानमन्त्री शाहनिकट स्रोतले जानकारी दिएको छ । पाण्डेले सेनाका अधिकृतलाई हप्कीदप्की गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनाबारे नेपाली सेनाले गम्भीर चासो राख्दै आपत्ति जनाएको थियो । यसबारे मंगलबार नै प्रधानमन्त्री शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच छलफल भएको थियो । उक्त छलफललगत्तै सांसद पाण्डेलाई सिंहदरबार झिकाएर सचेत पारिएको स्रोतले जानकारी दिएको छ ।